October 19, 2017

जथाभावी बाटो काटनेलाई जेठ १ देखि रु. २ सय जरिवाना

काठमाण्डौ २१ बैशाख । सडक दुर्घटनालाई न्यूनीकरण गर्न जथाभावी बाटो काट्ने पैदलयात्रुलाई जेष्ठ १ गतेदेखि कारवाही हुने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्नेलाई  दुई सय रुपैया जरिवाना गर्न लागेको हो ।

ट्राफिक नियमलाई प्रभावकारी रुपका कार्यान्वयन गर्न र गराउनका लागी महाशाखाले जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दे आगामी जेष्ठ १ गतेदेखि पैदलयात्रीलाई पनि कडा रुपमा कारवाही गरिने जनाएको छ ।

महाशाखाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्नेलाई रु दुई सय जरिवाना गर्ने छ । महाशाखाका प्रमुख मिङमार लामाले ट्राफिक दुर्घटनालाई न्युनिकरण गर्नका लागी अभियान लागू गर्न लागिएको र त्यसअघि बिभिन्न जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिईएको बताए ।
जथाभावी बाटो हिँड्ने वा काट्ने तथा जेब्रा क्रसिङबाट बाटो काट्दा सवारी नरोक्ने सवारी चालक दुबैलाई कारबाही गर्ने उहाको भनाई छ । सडक सुरक्षासम्बन्धी उपत्यकाका २६ वटा सामुदायिक केन्द्रमार्फत जनचेतनामुलक कार्यक्रम गर्दे आएका छन् । जसमा महाशाखालाई बिभिन्न संघसंस्थाहरुले पनि साथ दिएका छन् ।