June 27, 2017

जंगल फेस्टिबलमय बन्दै पोखरा

पोखरा, १६ फाल्गुन । प्राकृतिक सम्पदाले भरिपूर्ण सहर पोखरा सहरलाई बेलाबेलामा हुने विभिन्न कार्यक्रमले झन् सुन्दर बनाइदिन्छ । यतिबेला पोखरा जंगल फेस्टिबलको रौनकले तातेको छ ।

परिचय नेपालले आयोजना गरेको कार्यक्रम फाल्गुन १२ बाट सुरु भएर फाल्गुन २१ गतेसम्म चल्नेछ । १ लाखभन्दा बढि दर्शक उतार्ने लक्ष्य राखिएको यो कार्यक्रम तेस्रो संस्करण हो । जंगलभित्रै आयोजित कार्यक्रममा के बालबालिका, के प्रौढ, के युवायुवती सबै वर्गको बाक्लो उपस्थिति रहेको आयोजकले बताएको छ ।

यस अवसरमा देशका चर्चित कलाकार, गायकका साथै स्थानिय संस्कृतिको पनि प्रस्तुति हेर्न सकिन्छ । ५० भन्दा बढि स्टल राखिएको आयोजकले जनाएको छ । यस कार्यक्रमबाट दर्शकहरुले प्राकृतिक सौन्दर्यको मज्जा पनि लिन सक्नेछन् ।