October 22, 2017

छैटौं घरजग्गा मेला चैत्र २५ देखि

काठमाण्डौ, २२ चैत्र । काठमाण्डौमा चैत्र २५ देखि २८ गतेसम्म छैठौं घरजग्गा मेलो हुने भएको छ ।

वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित घर जग्गा विकास तथा शहरीकरणमा योगदान सर्याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।

नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा हुन लागेको मेलामा उपभोक्तालाई विशेषज्ञहरुबाट घरजग्गा व्यवसाय विषय तथा प्राविधिक परामर्श समेत दिइने बताइएको छ ।

मेलामा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी स्टल रहने आयोजकले जानकारी दिएको छ । भूकम्प र राज्य पूणसंरचनापछि परिवर्तन भएको आवस निर्माणमा सम्बन्धी नीतिबारे पनि मेलामा छलफल हुने बताइएको छ ।