August 19, 2017

छोटो लुगा लगाउने महिलाको भिडियो खिच्ने व्यक्तिलाई १२ हप्ताको सजाय

काठमाण्डौ, १४ चैत्र । सिङ्गापुरमा एक महिलाको ३० भन्दा बढि अपस्कर्ट (छोटो स्कर्ट) भिडियो र तस्बिर खिच्ने ३० वर्षीय पुरुषलाई जेलको वास भएको छ ।

बेन्जामिन टान जुन गुआङले आकाशे पुल तर्दै गरेकी महिलाको तस्बिर र भिडियो खिचेको बताइएको छ । पान आइल्याण्ड एक्सप्रेसवे (पिआईई) नजिकै रहेको पुलमा उनले यस्तो चर्तिकला गरेका हुन् ।

सन् २०११ को नोभेम्बर महिनामा पनि एक महिलाको नम्रता भंग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उक्त पुरुषलाई १२ हप्ताका लागि जेलको सजाय सुनाइएको छ । उक्त व्यक्ति यस्तो कार्य गर्न उत्सुक रहेको बताइएको छ ।