July 24, 2017

छैठौँ प्रदेशका स्थानिय निकाय ठप्प

सुर्खेत, १ फागुन । विभिन्न माग राखि स्थानिय निकायका कर्मचारीहरु आन्दोलनमा उत्रिए पछि ६ नम्बर प्रदेशका स्थानिय निकायमा कामकाज ठप्प भएको छ ।
आइतबार विहानै १० बजेबाट कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर आफ्नो कार्यालयको कामकाज ठप्प पारेका हुन् ।
आन्दोेलनको कार्यक्रम अन्तर्गत गत २ गते स्थानिय निकायमा काम गर्ने निजामति कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाउने र उनीहरुले चढेको सरकारी सवारी साधन कार्यालयमा राख्ने तथा त्यसपछि अनिश्चित कालका लागि स्थानिय निकायका सेवाहरु ठप्प पार्ने कार्यक्रम रहेको छ ।
स्थानिय निकाय कर्मचारी संघर्ष समिति सुर्खेतका प्रवत्ता कुलबहादुर खड्काले आन्दोलनप्रति राज्यले ग्रैरजिम्मेवारीपूर्ण व्यवहार देखाएको भन्दै अनिश्चित कालका लागि सेवा ठप्प पार्नुपर्ने बाध्यता रहेको बताए ।