छात्रालाई बलात्कार प्रयास गरेकाे अारोपमा ललितपुर प्याब्सनका अध्यक्ष पक्राउ

काठमाण्डौ ३ चैत्र । कक्षा ९ मा अध्ययनरत छात्रालाई बलात्कार प्रयास गरेकाे अारोपमा प्रहरीले ललितपुर प्याब्सनका अध्यक्ष शिव कार्कीलाई पक्राउ गरेकाे छ ।

ललितपुरको ज्ञानकुञ्ज स्कुलका प्रिन्सिपल समेत रहेका कार्कीले अाफ्नै स्कूलमा अध्ययनरत छात्रालाई बलात्कार गर्न खाेजेकाे उजुरीकाे अाधारमा प्रहरीले पक्राउ गरेकाे हो ।

शुक्रबार सांझ होस्टेलकाे छतमा गएका बेला कार्कीले छात्रालाई चुम्बन गरेका र संवेदनसिल अंगहरुमा छोएकाे भन्दै प्रहरीमा उजुरी परेकाे थियो । प्रिन्सिपल कार्कीले भने छात्रा पढनमा कमजोर भएकाले सम्झाउन खाेजेकाे विषयलाई अन्यथा लिएकाे प्रतिक्रिया दिएका छन ।