August 23, 2017

छत्तिसगढमा माओवादीको आक्रमणमा परी मर्ने सैनिकको संख्या २६ पुग्यो

काठमाण्डौ, ११ वैशाख । सोमबार छत्तिसगढको सुकमा जिल्लामा माओवादीको आक्रमणमा परी मर्नेको संख्या २६ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

घटनामा परी सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपिएफ) का सैनिक जवानहरुको मृत्यु भएको हो । उक्त घटना भएको स्थानलाई माओवादीको अत्यन्तै प्रभावशाली क्षेत्र मानिन्छ । जिल्लाका एडिसनल एसपी जितेन्द्र शुक्लले यस घटनालाई पुष्टि गर्दै मुठभेडमा ६ जवान घाइते भएको बताएका छन् ।

सुकमा जिल्लाका मुख्यमन्त्री रमा सिंहले यस घटनालाई लिएर तत्काल आपत्कालीन बैठक बोलाएका छन् । गत मार्चमा पनि सोही स्थानमा माओवादीले थापेको एम्बुसमा परी १२ सिआरपिएफ सैनिकको मृत्यु भएको थियो । साथै माअाेवादीले सैनिकसँग भएकाे हातहतियार पनि लुटेकाे छ ।