च्याम्पियन्स ट्रफी खेल्ने जेसन रोयको इच्छा

काठमाडौं, १६ फाल्गुन । ब्याट्सम्यान जेसन रोयले च्याम्पियन्स ट्रफी खेल्ने इच्छा व्यक्त गरेका छन ।

उनले भनका छन, ‘आफ्नै घरमा खेल हुने हुनाले पनि म ट्रफी खेल्न आतुर छु ।’ इंग्ल्याण्ड जुनमा हुने च्याम्पियन्स ट्रफी जित्न चाहन्छ ।

रोयले सन् २०१४ मा भारतविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । उनलाई इंग्ल्याण्डको आक्रामक ओपनर ब्याट्सम्यानको रुपमा लिईन्छ ।

इंग्ल्याण्डको सुर्रे क्लबका खेलाडी रोयले सन् २०१० मा भएको ट्वान्टी ट्वान्टी खेलमा केन्ट विरुद्ध शतक प्रहार गर्दै आक्रामक ब्याट्सम्यानको चिनारी बनाएका थिए ।
यो क्रमलाई निरन्तरता दिँदै उनले आफ्नो खेललाई झन् सुधार्दै लगेका छन । एजेन्सी