चौधरीले कम्तीमा ५० प्रतिशत लगानी नेपालमा नै गर्ने

काठमाण्डौ,१५ चैत्र । अमेरिकाको चर्चित पत्रिका र्फोब्सको सूचिमा परेका विश्वका अर्बपतिमध्येका एक विनोद चौधरीले आफूले गर्नै कूल लगानीको कूल ५० प्रतिशत लगानी नेपालमै गर्ने प्रतिबद्वता जनाएका छन ।

नेपाली सञ्चारकर्मीहरुसंग सोमबार कुरा गर्दैै उद्मोगपति चौधरीले आफ्नो लगानी जति बढ्छ त्यसको कम्तिमा ५० प्रतिशत लगानी नेपालमै गरेर छाड्ने प्रतिबद्वता जनाएका हुन ।

उनले भने ‘म एउटा सच्चा नेपाली हुँ मलाई विश्वले नेपाली भनेर चिन्छ । त्यो पहिचान म मेटिन दिन्न । यो खबर आजको राजधानी दैनिकमा छ ।