August 19, 2017

चैतेदशैंका अवसरमा सशस्त्र प्रहरी बलको निशान तथा मौलोपूजा सम्पन्न

काठमाण्डौ, २२ चैत्र । सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गण स्वयम्भू हल्चोकमा चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बलको निशान गथा मौलोपूजा विधिपूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले पूजाअर्चना गरेपछि अरु एपीएफ अधिकृत तथा जवानहरुले पूजाका साथै मौलो परिक्रमा गरेका थिए ।

सशस्त्र प्रहरीको मंगलधुनका बीच सुरु भएको कार्यक्रममा महानिरीक्षक श्रेष्ठले निशानमा पन्जाछाप लगाउनुका साथै प्रहरी बलको एक टोलीले निशान भगवती सलामी पनि अर्पण गरेकाे थियो ।

उक्त अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले मौलोपूजा व्यवस्थापनमा उत्कृष्ट ठहरिने कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

यसैगरी सशस्त्र प्रहरी बलको अन्य इकाईहरुमा पनि चैतेदशैंको अवसरमा  विधिपूर्वक निशान तथा मौलोपूजा सम्पन्न भएको छ ।