August 17, 2017

चुनाव विथोल्न विप्लव नेतृत्वको नेकपाले सुरु गर्यो भित्तेलेखन देखि प्रतिरोध अभियान सम्म

पुरुषोत्तम गिरी

सल्यान, २० चैत्र । नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानिय तहको चुनावलाई आफुहरुले खारेज गरेको भन्दै चुनान हुन नदिने चेतावनी दिएको छ ।

चुनावलाई रोक्न जिल्लामा नेपाल कम्युनिष्ट पार्टीले भित्तेलेखन र पम्पलेट पोस्टर टास्ने अभियान थालेको छ । सल्यान, रुकुम, रोल्पा लगायतका जिल्लाका विभिन्न स्थानमा भित्तेलेखन थालेको हो ।

चुनावलाई जसरी पनि असफल बनाउने रणनीति अनुरुप नेकपाले चैत्र २४ गते देखि असार ५ सम्म एकिकृत जनजागरण प्रतिरोध अभियान नै शुरु गर्न लागेको नेकपाका राप्ती व्युरो इन्चार्ज सुवास वाँठाले जानकारी दिए । आफुहरुले चुनाव खारेज गरिसकेकोले त्यसलाई हुनै नदिने उनले बताए ।

अभियानको तयारीका लागि भन्दै नेकपाले साविकको राप्तीका पाँचै जिल्लामा बैठक तथा प्रशिक्षण समेत गरेको छ । नेकपाले चुनाव खारेज गरिसकेकोले चुनाव विथोल्नकै लागि चैत्र २४ गते देखिको एकिकृत जनजागरण तथा प्रतिरोध अभियानमा समेत संचालन गर्न लागेको छ ।

शनिबार बेलुकी मात्रै नेपाल कम्युनिष्ट पार्टीले राप्तीका पाँचै जिल्लामा मसाल जुलुस निकालेको थियो ।