October 24, 2017

चुनाव लडन यस्तो योग्यता चाहिन्छ

काठमाण्डौ, ८ चैत्र । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी तयारी सुरु भएको छ । यदि तपाईं पनि उम्मेदवार बन्ने सोचमा हुनुहुन्छ भने केहि योग्यता पुरा गरेको हुनुपर्ने छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनका लागि निम्नअनुसारका योग्ताहरु तोकेको छ ।

1)   नेपाली नागरिकताको प्रमाणपत्र चाहिन्छ ।
२)  २१ बर्ष उमेर पूरा भएको हुनुपर्नेछ ।
३)  मतदाता नामावलीमा नाम हुनुपर्नेछ ।

 ४) कानुनले योग्य भनेको 

यसका साथै सबैभन्दा महत्वपूर्ण तपाईंको मतदाता नामावली जुन स्थानीय तहमा छ, त्यहाँ मात्र चुनाव लड्न पाउनुहुन्छ ।

यदि तपाईको नामावली काठमाडौंमा छ । तर, गृहजिल्लाको स्थानीय तहमा चुनाव लड्ने सोचमा हुनुहुन्छ भने पाउनुहुन्न ।

निर्वाचन आयोगले मतदाता नामावलीको नाम स्थानान्तरणका लागि समय दिएको थियो ।जसको समय सिमा सकिसकेको छ ।

साथै उम्मेदवार हुनका लागि कुनै फौजदारी मुद्दा नलागेको र कारबाही नभोगेको हुनुपर्नेछ ।