October 17, 2017

चुनाव नगराउन त्रिविलाई निर्वाचन आयोगको निर्देशन

काठमाण्डौ, २२ फाल्गुन । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै पूर्वनिर्धारित बाहेक कुनै चुनाव नगराउन त्रिविलाई निर्देशन दिएको छ ।

आइतबार त्रिविलाई पत्राचार गरी पूर्वनिर्धारित कार्यतालिकाबाहेक निर्वाचन गर्न गराउन नपाईने सरकारलाई निर्देशन दिने आयोगको निर्णय भएको भन्दै त्रिविलाई यस्तो आदेश दिएको हो ।

यो सँगै भोली हुने भनिएको राजधनीको रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियु निर्वाचन पनि स्वतः स्थगित भएको छ ।