चुनाव गर्न नसक्नेहरु सरकारमा बस्न नमिल्ने एमाले नेता गौतमको भनाइ

काठमाण्डौ, ५ वैशाख । नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले चुनाव गर्न सक्दिन भन्नेहरु सरकारमा एकछिन पनि बस्न नमिल्ने बताएका छन् ।

एमाले सम्पर्क समन्वय कमिटीको केन्द्रीय भेलालाई सम्बोधन गर्दै गौतमले मोर्चा चुनावमा आएन भने चुनाव गर्न सकिन्न भन्नेहरु सरकारमा एकछिन पनि बस्न नमिल्ने बताउनुभएका हुन् । उनले संसदमा दर्ता भएको नयाँ संशोधन प्रस्ताव पास हुन नसक्ने र त्यसका लागि एमाले जे पनि गर्न तयार रहेको स्पष्ट पारे ।

वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउँदै सम्पूर्ण शक्ति चुनावमा होमिनुपर्नेमा जोड दिए । त्यस्तै एमाले नेता माधवकुमार नेपालले निर्वाचनलाई सफल पार्न एमालेले जस्तोसुकै कदम चाल्ने बताए ।