October 23, 2017

चुनावमा खटिने सुरक्षाकर्मीलाई खाजा र भत्ता कति ?

काठमाण्डौ,२४ चैत्र । गृहमन्त्रालयले स्थानीय तह निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई विशेष भत्ता र खाजा खर्चबापत दैनिक ३ सय रुपैयाँ उपलब्ध गराउन प्रस्ताव गरेको छ ।

बैशाख ३१ गतेका लागि तय भएको निर्वाचनमा एक सातासम्म सुरक्षाकर्मी दैनिक २ सय ५० रुपैयाँ भत्ता र ५० रुपैयाँ खाजा खर्च उपलब्ध गराउन अर्थ मन्त्रालयसमक्ष प्रस्ताव गरिएको हो ।

अर्थले यो प्रस्ताव स्वीकृत गरे दैनिक भत्ता र खाजा खर्चबापत सुरक्षाकर्मीका लागि दैनिक करिब ७ करोड रुपैयाँ खर्च हुनेछ । यससँगै एक साताको भत्ता र खाजा खर्चमा करिब ४९ करोड रुपैयाँ विनियोजन गर्नुपर्ने छ । यो खबर आजको कारोबार दैनिकमा छ ।