August 19, 2017

चुनावपछि सत्ता छोडने दाहालको संकल्प

काठमाण्डौ,२१ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव सकिने बित्तिकै एकै दिन  ढिलो नगरिकन प्रधानमन्त्री पद कांग्रेस सभापति शेरबहादुर देउवालाई छाडिदिने बताएका छन ।

उनले स्थानीय तहको निर्वाचन सकिनासाथ पुरानो सहमति अनुसार कांग्रेसको नेतृत्वमा सरकार गठन हुने गरि बाटो खोलिने बताएका छन । उनले आईतबार रातोपाटी अनलाइन लाई दिएको विशेष अन्तर्वार्तामा ‘प्रधानमन्त्री कुर्सि छाडदैनन कि भन्ने कुनै प्रकारको आशंका नर्गन आग्रह गरेका छन ।

स्थानीय तहको निर्वाचन माओवादीको नेतृत्वमा सम्पन्न गर्ने तथा प्रदेश र केन्द्रको चुनाव कांग्रेसको नेतृत्वमा सम्पन्न गर्ने सहमति भएको छ । प्रधानमन्त्री दाहालले चुनावमा माओवादी केन्द्रले आवश्कताअनुसार तालमेलको निति लिने बताए ।

अहिलेको सत्ता गठबन्धसँग तालमेल हुनसक्ने संकेत गर्दै त्यसबाहेकको समेत तालमेलको लागि मोहन वैद्य र डा .बाबुराम भट्टराइसँग पनि सल्लाह गर्ने उनको भनाइ रहेको छ यो खबर आजको सौर्य दैनिकमा छ ।