चुनावको विषयमा एमालेको दोहोरो चरित्र : मन्त्री भण्डारी

भक्तपुर, २८ चैत्र । वन मन्त्री शंकर भण्डारीले प्रतिपक्षी दल नेकपा एमालेले चुनावको विषयमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

पूर्व कर्मचारी संघ भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले भने ‘एमाले आफू नौ महिना सरकारमा रहँदा चुनावको मिति घोषणा गर्न नसक्ने हाल चुनावका बारे चर्को वकालत गर्दै समस्या समाधान तर्फ अग्रसर बन्न नसक्ने दोहोरो चरित्र देखाई रहेको छ । यस्तो कार्यले उसको चरित्र माथि शंका उब्जिएको छ ।’

अव निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने वातावरण तयार भईसकेको उनले बताए । प्रतिपक्षले चुनाव सार्न राखेको प्रस्तावको कुनै औचित्य नरहेको भन्दै सके एकै चरण नभए दुई चरणमा समेत निर्वाचन सम्पन्न हुने बताए ।