July 24, 2017

चुनावको वातावरण बन्दै गएको प्रमुख आयुक्त यादवको भनाई

काठमाण्डौ, ८ वैशाख । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरुको पछिल्लो एकता र उत्साहले चुनावको वातावरण उच्चस्तरमा बन्दै गएको बताएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनबारे सञ्चारकर्मीसँगको अन्तरक्रियामा आयुक्त यादवले असन्तुष्ट दलहरुको एकताले गर्दा उनीहरुले पनि चुनावमा भाग लिने विश्वास बढेको बताए । निर्वाचनको सबै व्यवस्थापन पूरा भएको र अबको केही दिनमै मतदान केन्द्रमा कर्मचारीहरु खटिने यादवको भनाई छ । उनले निर्वाचनको संवेदनशीलतालाई बुझेर सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न संचार मध्यमहरुलाई आग्रह पनि गरे ।

आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय र जाइकाको समन्वयमा गरिएको कार्यक्रममा विभागका प्रमुख चिरन्जीवी खनालले स्थानीय चुनावमा मिडियाको भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गरेको थिए ।