August 19, 2017

चुनावको मिति घोषणा गरे संशोधन प्रस्तावमा छलफल गर्न सकिने : रावल

काठमाडौं, २८ माघ । नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले चुनावको मिति घोषणा भए सँविधान संशोधनको प्रस्तावमा छलफल गर्न सकिने बताएका छन ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले मुलुकको संकट समाधान हुन्छ भने सदनमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि छलफलका लागि एमाले तयार रहेको समेत बताए । उनले भने ‘देश र जनताको हित विपरित आएको प्रस्तावलाई असफल बनाएर एमाले चुनावमा जान्छ ।’
सरकारले केही दिनभित्रै चुनावको मिति घोषणा नगरे सरकारको औचित्य पूर्ण रुपमा समाप्त हुने स्पष्ट पारे । उनले भने,‘यो सरकारको विकल्प खोज्नुपर्छ, चुनावको वातावरण बनाउनुपर्छ, चुनाव गराउनको लागि पनि अर्को सरकार गठन नगरी सुखै छैन्।’
प्रधानमन्त्री प्रचण्डको नेतृत्वको सरकार संक्रमणकालिन सरकार भएकोले चुनाव गर्न नसके र संविधान कार्यान्वयन गर्न पनि नसके सरकारको कुनै औचित्य नै नहुने बताएका हुन । उनले भने,‘चुनाव पनि नगर्ने अनि संविधान कार्यान्वयनपनि गर्न नसकेपछि यो सरकारको के काम?’
रावलले मधेशी मोर्चा लगायत अन्य दलहरुसँगपनि छलफल गरेर मुलुकको समस्याको समाधान निकाल्नको लागि आफ्नो पार्टीले सकारात्मक प्रयत्न गर्ने जनाए ।

साझा राष्ट्रिय समस्यालाई समाधान गरौं भन्ने हाम्रो प्रयत्न हो, हामी सबै दलहरुसँग मुलुकको स्वाभिमान, राष्ट्रिय एकता, अखण्डतालाई कसरी मजबुत बनाउन सकिन्छ भनेर वार्ता तथा छलफल गर्न नेकपा एमाले तयार रहेको रावलको भनाई थियो ।