August 18, 2017

चुनावकाे नतिजा समिक्षा गर्न माअाेवादी केन्द्र बठैकमा

काठमाण्डौ, २ साउन । स्थानीय तह निर्वाचनको समीक्षा तथा आसन्न प्रदेश र संघको चुनावी रणनीति तय गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालयको विस्तारित बैठक सुरु भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा सोमबारबाट सुरु भएको बैठकमा सचिवालय सदस्यहरुसहित ७५ वटै जिल्लाका इञ्चार्जहरुको सहभागिता छ । बैठकको सुरुमा जिल्ला इञ्चार्जहरुले चुनावी रिपोर्टिङ गर्नेछन् ।

देशभरका ६ वटा प्रदेशमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र कांग्रेस-एमालेभन्दा निकै कम सिट जितेर तेस्रो स्थानमा छ । बैठकमा जिल्ला इञ्चार्जहरुले रिपोर्टिङ गरिसकेपछि अध्यक्ष प्रचण्डले सबैका भनाइकाे बारेमा  मन्तव्य राख्नेछन्।

बैठकले २ नम्बर प्रदेशमा आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन तथा त्यसपछि हुने प्रदेश र संघको निर्वाचनका लागि रणनीति बनाउने बताइएकाे छ। साथै संगठनात्मक संरचनाका विषयमा समेत छलफल हुने माओवादीले जनाएको छ।