October 17, 2017

चुच्चेपाटीमा रहेका भूकम्प पीडितहरुका टहरा डोजर लगाएर भत्काइयो

काठमाण्डौ, १ चैत्र । सरकारले बौद्ध चुच्चेपाटीमा रहेका भूकम्प पीडितहरुका टहरा डोजर लगाएर भत्काएको छ ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोक, दोलखा, रसुवा लगायतका जिल्लाबाट २४३ भुकम्प पीडितहरुले परिवार त्यहाँ अस्थायी टहरा बनाएर बस्दै आएका छन् ।

मंगलबार विहान प्रहरीको सहयोगमा सरकारले अस्थायी टहराहरु हटाएको छ । प्रमुख जिल्ला अधिकारी हिमनाथ दबाडीले पूर्वसूचना दिएर नै अस्थायी टहराहरु हटाइएको बताएका छन् । सरकारले राहत दिईसकेकोले आ–आफ्नो जिल्ला फर्किनु पर्ने उनले बताएका छन् ।

जिल्ला प्रशासनले जग्गा खाली गर्न भनेर एक महिनादेखि माइकिङ गर्दै आएको थियो । भूकम्प पीडितहरु बस्दै आएको उक्त जग्गा तारागाउँ विकास समितिको हो ।