चीनले स्थानीय चुनावका लागि १४ करोड सहयोग गर्ने

काठमाण्डौ,१५ चैत्र । स्थानीय तह चुनावका लागि चीन सरकारले साढे १४ करोड रुपैया बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले स्थानीय चुनावमा ९ मिलियन चिनियाँ युआन ९करिब १४ करोड ४० लाख रुपैया् सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन ।

यसअघि नेपालको तीनदिने भ्रमणको क्रममा चिनीयाँ रक्षामन्त्री जनरल चाङ वाङगुवाङले नेपाली सेनालाई ५० करोड रुपैयाँ बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरिसकेका छन ।

राष्ट्रपति जिनपिङले नयाँ सहायता घोषणा गरेका हुन । खबर आजको कारोबारमा दैनिकमा छ ।