October 22, 2017

चीनले दिएको विद्युतीय चुल्होबारे उद्योग समितिको स्पष्टोक्ति

काठमाण्डौ, २७ चैत्र । नेशनल ट्रेडिङ लिमिटेडले कर बढि तिर्नुपरेका कारण विद्युतीय चुल्लोको मूल्य बढि तोक्नुपरेको जनाएका छन् ।

आईतबार सिंहदरबारमा बसेकोे उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिको बैठकमा लिमिटेडका पदाधिकारीले २ करोड ३० लाख कर तिर्नुपरेकाले विद्युतीय चुल्लोको मूल्य बढि तोक्नुपरेको बताएका हुन् ।

नाकाबन्दीका बेला चर्को मूल्य तोकिएपछि चीन सरकारले अनुदानमा उपलब्ध गराएको विद्युतीय चुल्हो बिक्री वितरण हुन सकेको छैन । यसको बिक्री वितरण हुन नसक्नुको कारणबारे छानबिन गर्न उपसमितिले सरकारवाला निकायसँग आवश्यक सोधपुछ गरेको हो ।

बैठकमा सांसदहरुले भूकम्पका बेला चीन सरकारले अनुदानमा उपलब्ध गराएको विद्युतीय चुल्हो जनतालाई निःशुक्ल उपलब्ध नगराएको भन्दै सरकारको आलोचना गरेका थिए । उनीहरुले विद्युतीय चुल्होको मुल्य १० हजार तोक्नुपर्ने कारण खुलाउन पनि माग गरेका छन् ।

भूकम्पपछि चीन सरकारले पीडितलाई राहत स्वरुप उपलब्ध गराएको १ हजार ३ सय थान विद्युतीय चुल्हो नेशनल ट्रेडिङको गोदाममै थन्किएर बसेको छ ।