October 22, 2017

चीनमा र बाँकि देशमा दिइने मृत्युदण्ड बराबर

काठमाण्डौ, २ वैशाख । मानवअधिकार संगठन एमनेस्टी इन्टरनेशनलले चीनमा पछिल्लो वर्ष जति जनालाई मृत्युदण्ड दिइयो त्यो संख्या विश्वभरमा दिइएको मृत्युदण्डको आधा हो भनेको छ ।

संगठनले भन्यो, ‘चीनबाहेक बाँकि देशमा १ हजार ३२ जनालाई फाँसी दिइएको थियो ।’ एमनेस्टीको अनुसार सन् २०१६ मा मृत्युदण्ड पाउनेको संख्यामा अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले गिरावट आएको छ । पछिल्लो वर्ष १ हजार ६ सय ३४ जनालाई मृत्युदण्ड दिइएको थियो ।

यो संख्यामा कमी आउनुको कारण पकिस्तान र ईरानमा फाँसी दिने सन्दर्भमा कमी भएर हो । तर यसको बाबजुत पनि यी दुई देश एमनेस्टीको सूचीमा शीर्ष ५ मा परेका छन् ।

सन् २००६ पछि पहिलो पटक अमेरिका शीर्ष ५ देशको सूचीबाट हटेको छ । पाकिस्तानमा पनि फाँसीको मामलामा गिरावट आएको छ । २०१५ मा ३ सय २६ जनालाई मृत्युदण्ड दिइएको थियो भने २०१६ मा ८७ जनालाई मृत्युदण्ड दिइएको छ ।

मध्यपूर्व र उत्तरी अफ्रिकामा फाँसीको घटनामा पनि २८ प्रतिशतले कमी आएको छ । जबकि नाइजेरियामा फाँसीको घटनामा वृद्धि हुँदा सहारा मरुभूमि आसपासका अफ्रिकी देशमा १४५ प्रतिशतले बढेको छ । एजेन्सी