August 20, 2017

चीनको मुख्य चासो विरुद्ध नजान भारतलाई चीनको चेतावनी

काठमाण्डौ, ७ चैत्र । भारत सरकारले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा दलाई लामालाई निम्त्याइएको भन्दै चीनले चर्को असन्तुष्टि जनाएको छ ।

सोमबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले दुई पक्षीय सम्बन्ध नबिगार्ने भए चीनको मुख्य चासो विरुद्ध नजान भारतलाई चेतावनी दिएकी छन् ।

केही समयता भारतले चीनको चासोविरुद्ध गएर दलाई लामालाई बौद्ध सम्मेलनमा निम्त्याएको हो । प्रवक्ता हुवाले पत्रकारहरुसँग भनिन् । ‘भारत सरकारको निर्णयप्रति चीन असन्तुष्ट छ र यसको कडा प्रतिवाद गर्दछौं ।’

‘हामी भारतलाई चीनको मुख्य चासोको सम्मान गर्न र दुई देशको सम्बन्ध बिगार्नेतर्फ कदम नचाल्न आग्रह गछौं’

शुक्रबार बिहारमा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन दलाई लामाले गरेका थिए । उक्त सम्मेलनको क्रममा भएको सेमिनारमा कयौं देशका बौद्ध भिक्षु र अध्येताहरुको सहभागिता छ । एजेन्सी