October 19, 2017

चिसो पानीले नुहाउनुका १० फाईदाहरु

काठमाण्डौ, ७ वैशाख । हामीमध्ये धेरैको हरेक दिन नुहाउने बानी हुनसक्छ । यो एकदमै राम्रो बानी हो । तर हामी चिसो पानी या तातो पानीले नुहाउँछौं यसमा ध्यान दिनुपर्ने हुन्छ ।

स्वास्थ्यको लागि तातो पानीले नुहाउनु भन्दा चिसो पानीले नुहाउनु फाईदा हुन्छ । चिसो पानीले नुहाउनुको फाईदा के के छन् त, आउनुहोस् जानी राखौं १० फाईदाहरु–

१. तौल घट्छ

चिसो पानीले नुहाउँदा शरीर पनि चिसो हुन्छ । शरीरलाई तातो बनाई राख्न थप क्यालोरीको आवश्यकता पर्दछ जसले गर्दा शरीरमा रहेको फ्याटको मात्रा कम हुन्छ ।

२. स्वच्छ र स्वस्थ छाला

चिसो पानीले नुहाउँदा शरीरमा प्राकृतिक तरलता कायम रहिरहन्छ । यसको असरले छालालाई नरम र स्वस्थ राखिराख्न मद्दत गर्दछ ।

३. तनावबाट मुक्ति

चिसो पानीले शरीरमा आनन्दपनाको महशुस हुने गर्दछ । शरीरमा रगत सञ्चालन पनि राम्ररी हुने गर्दछ र स्वतः तनाबबाट मुक्त भइन्छ ।

४. टाउको दुखाईमा राहत

चिसो पानीले मष्तिस्कमा पनि चिसोपना दिने गर्दछ । यसले गर्दा टाउको दुखाई पनि सहजै हराएर जान्छ ।

५. स्वस्थ कपाल

चिसो पानीको असरले कपालमा पनि सकारात्मक असर दिने गर्दछ । यसले कपालमा प्राकृतिक रुपमा नै ऊर्जा थपिदिने गर्छ । जसको कारण कपाल झर्ने, कपाल सुख्खा हुनजस्ता समस्या दूर हुने गर्दछ ।

६. स्फूर्तिपना

चिसो पानीले नुहाउँदा शरीरमा बेग्लै ऊर्जा थपिएको महशुस हुन्छ । थकान र अल्छिपना पनि हराएझैं हुन्छ ।

७. उच्च रक्तचापमा नियन्त्रण

दैनिक रुपमा चिसो पानीले नुहाउने गर्दा शरीरमा रगत सञ्चालन राम्रो रुपमा हुने गर्दछ । यसको कारण उच्च रक्तचाप भएका मानिसहरुलाई पनि केही हदसम्म राहत हुन्छ ।

८. निद्रा

चिसो पानीले नुहाउँदा बेग्लै ताजापनको महशुस हुने गर्दछ । यसले शरीरमा स्फूर्ति पैदा गराउँछ र निद्रालाई पनि भगाउँछ ।

९. बिरामी हुनबाट जोगाउँछ

चिसो पानीले नुहाउँदा शरीरमा रोग विरुद्ध लड्न सक्ने प्रतिरक्षा प्रणाली बढाइदिन्छ । विशेषगरी इनफेक्सनबाट बचाउने गर्दछ ।

१०. हड्डी दुखाईमा आराम

चिसो पानीले नुहाउँदा शरीरमा दखिरहेको हड्डीमा आनन्द महशुस हुन्छ र दुखाईबाट आराम मिल्छ ।