August 20, 2017

चिलीको राजधानी सान्टियागोमा खानेपानी आपूर्ति बन्द

काठमाण्डौ, १६ फाल्गुन । आँधीबेहरी र पहिरोका कारण मुख्य नदीहरु प्रदूषित भएपछि चिलीको राजधानी सान्टियागोमा खानेपानी आपूर्ति बन्द भएको छ ।

चिलीमा ४० लाख मानिसले उपभोग गर्दै आएको खानेपानी आपूर्ति बन्द गरिएको चिलीका अधिकारीले जनाएका छन् ।

वर्षाका कारण पहिरो गएपछि माइपो नदी भएको हो । खाने पानी प्रदूषित भए पनि खानेपानी बन्द गरिएको हो । आँधीबेहरी र पहिरोको कारण चिलीमा चार व्यक्तिको मृत्यु भइसकेको छ ।

बिनापानी नचल्ने रेष्टुरेन्टजस्ता व्यापारसमेत बन्द गर्न अधिकारीहरुले निर्देशन दिएका छन्, भने शिक्षण सस्था अनिश्चित कालसम्म बन्द गरिएको छ । एजेन्सी