October 22, 2017

चिनियाँ र अमेरिकी राष्ट्रपति भेट्दै

काठमाण्डौ,१८ चैत्र । चीनका राष्ट्रपति सि जिङ पिङले अर्को हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने भएका छन् ।

फिनल्याण्डको औपोचारिक भ्रमण सकेर अमेरिकाका फ्लोरिडा राज्यमा जाने चिनका विदेशमन्त्री लु काङ ले बिहीबार जानकारी दिए ।

फिनल्याण्डका राष्ट्रपति सौली निनिस्टो र अमेरिकाका राष्ट्रपति डोनाल्ड को औपोचाकि निमन्त्रणामा पिङ फिनल्याण्ड र अमेरिकाको औपोचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन ।

उनले आउँदो अप्रिल ४ देखि ६ तारिखसम्म फिनल्याण्डको र अप्रिल ६ देखि ७ सम्म अमेरिकाको फ्लोरिडाको भ्रमण गरी ट्रम्पलाई भेट्ने कार्यक्रम रहेको छ विदेशमन्त्री लु ले बताए । यो खबर आजको हिमालयन टाइम्स दैनिकमा छ ।