चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाण्डौ १० चैत्र । चिनियाँ रक्षामन्त्री चाङ वाङक्वान आज नेपाल आउँदै छन । तीन दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्री चाङ दिउँसो पौने एक बजे नेपाल आइपुग्ने कार्यक्रम छ ।

चाङले आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने छन । श्रीलंकाको भ्रमण सकेर नेपाल हुँदै बेइजिङ फर्किन लागेका चाङले आजै नेपाली समकक्षी बालकृष्ण खाणसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेटकाक्रममा दुई देशका रक्षामन्त्रीबीच सेनाको सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । चिनियाँ रक्षामन्त्रीले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी, पप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन गर्ने छन् ।