October 17, 2017

चाडै चुनावको मिति घोषणा हुन्छ : प्रधानमन्त्री

 

४ माघ, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख दलहरूको सहमतिमा चाडै चुनावको मिति घोषणा गर्नेे बताउनुभएको छ ।

संयुक्त अरब इमिरेटस (युएई)कोे भ्रमण सकी स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसगँ कुरा गर्दै प्रधानमन्त्री दाहालले सरकार चुनावमा केन्द्रित भएको बताउनुभएको हो । उहाले युएईका समकक्षी र उच्चपदस्थ नेताहरूसगँको भेटघाटले दुई मुलुकबीचको सम्बन्ध नयां उचाइमा पुगेको दाबी गर्नुभयो । दाहालले द्विपक्षीय भेटवार्ताको क्रममा युएईका उद्योगी व्यापारी एवं व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेको जानकारी दिनुभयो ।

ऊर्जा शिखर सम्मेलनमा भाग लिन १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री दाहाल शनिबार यूएई प्रस्थान गर्नुभएको थियो ।।।