August 23, 2017

चर्चित भारतीय अभिनेता विनोद खन्नाको निधन

१४ बैशाख, काठमाडौं ।  चर्चित  भारतीयअभिनेता तथा साँसद विनोद खन्नाको आज निधन भएको छ ।  मुम्बईको एचएन रिलायन्स फाउण्डेशन एण्ड रिसर्च सेन्टरमा  ब्लड क्यान्सरको उपचारका क्रममा ७० बर्षीयकाे उमेरमा खन्नाको निधन भएको हो ।

सन् १९४६ मा तत्कालीन भारतको पेशावरमा व्यापारिक परिवारमा जन्मिएका खन्ना भारत पाकिस्तान विभाजन पछि १९४७ मा वुवाअामासँग मुम्बइ बसाइ सरेका थिए ।

नासिकको एक बोर्डिग स्कूलबाट अाैपचारिक शिक्षा हासिल गरेका खन्नाले नासिककै सिद्धेहम कलेजबाट वाणिज्यशास्त्रमा  स्नातक तह पास गरेका थिए। उनले १४० भन्दा बढी भारतीय चलचित्रका अभिनय गरेका छन् ।

सन् १९६८ मा ‘मन का मित’ चलचित्रमार्फत उनले बलिउडमा भिलेनकाे रोलमा डेब्यु गरेका थिए । त्यसपछि उनले धैरै सफल फिल्ममा काम गरे । उनी आफ्नो समयका सबैभन्दा उत्कृष्ट र चर्चित अभिनेता थिए ।

सन् १९९८ देखि राजनीतिमा पाइला राखेका बिनोद खन्ना पञ्जावको गुरदासपुरबाट चार पटक भारतीय जनता पार्टीका लागि सांसद निर्वाचित भएका थिए । प्रधानमन्त्री अलट बिहारी बाजपेयीको क्याविनेटमा सन २००२ मा उनी संस्कृति तथा पर्यटन केन्द्रिय मन्त्री र सन् २००३ मा  उनी बिदेश राज्यमन्त्री बनेका थिए ।