चन्दा नदिएका कारण गेजुवाकाे लाइसेन्स खारेज गरियो : केपी अाेली

काठमाण्डौ २८ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा चन्दा नदिएकै कारण सरकारले बूढीगन्डकी जलविद्युत् आयोजनाको जिम्मा पाएको चिनियाँ कम्पनी गेजुवाको लाइसेन्स खारेज गरेको आरोप लगाएका छन ।

बाम गठबन्धनले मंगलबार काठमाडौमा गरेको कार्यक्रममा अाेलीले भने ‘चुनावमा गेजुवाले चन्दा दिएन अनि गेजुवाकाे लाइसेन्स खारेज गर्ने काम भयो ।’

कार्यक्रममा उनले  सरकार र नेत्र बिक्रम चन्द नेतृत्वकाे नेकपाले चुनाव विथोल्ने कार्य गरिरहेकाे अारोप लगाए ।  चन्दका कार्यकर्ताले मुलुकका विभिन्न ठाउँहरुमा बाम गठबन्धनका उम्मेदवारमाथि गरेकाे अाक्रमणकाे बिरोध गरे।

अध्यक्ष ओलीले कांग्रेससँग कुनै विचार र ‘भिजन’ नभएकाले बाम गठबन्धनप्रति विभिन्न भ्रम फैलाइरहेको आक्षेप पनि लगाए । उनले बाम गठबन्धनको आगामी भिजन उत्कृष्ट भएकाले निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरे  ।

कार्यक्रममा एमाले वरिष्ठ नेता माधव नेपालले समय, देश र जनताको आवश्यकताका कारण बाम गठबन्धन बनेको भन्दै पार्टी एकीकरण हुनेमा आशंका नगर्न आग्रह गरे ।