October 18, 2017

चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश, सिलवाल पनि सर्वाेच्चमा

काठमाडौं, १ फागुन । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरेको नियुक्ती कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले महानिरीक्षकको नियुक्ती कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता कपिल ढकालको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश कार्कीको एकल इजालसले नियुक्ति कार्यान्वयन नगर्न आदेश दिएको हो । रिटमाथि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, भीमार्जुन आचार्यले वहस गरेका थिए ।

अदातलले यस सम्बन्धमा अर्को सुनुवाईको लागि उपस्थित हुन विपक्षीहरुलाई आदेश दिएको अधिवक्ता भीमार्जुन आचार्यले जानकारी
दिए ।
सरकारले आइतबार विहान डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरे लगत्तै सर्वोच्चको यस्तो आदेश आएको हो ।

यसैबीच  प्रहरी महानिरीक्षक बन्नका लागि बरियताको पहिलो नम्बरमा रहेको दावी गर्दै डीआइजी नवराज सिलवालले पनि आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । सिलवालको रिटमाथि सोमबार सुनुवाई हुने बताइएको छ ।

डीआइजी सिलवालले  रोलक्रम मिचेर तेस्रो बरियताका चन्दलाई आइजीपी नियुक्त गरिएकाले मन्त्रिपरिषदको निर्णय बदर गरी पाउँ भन्ने माग गरेका छन ।