July 26, 2017

‘चन्दको नियुक्ति बाध्यता’ : प्रधानमन्त्री

काठमाण्डौं, १ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरिरहदा कुनै निर्णय बाध्यतापूर्वक गर्नु पर्ने अवस्था आएको बताउनुभएको छ ।
आइतवार बिहान नेपाल प्रहरीको प्रमुखमा तीन नम्बर वरियतामा रहेका जयबहादुर चन्दलाई नियुक्त गरेपछि सरकारको आलोचना भइरहदा प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो ।
२२औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँले सबैलाई समेटेर सरकारमा जानुपर्दा बाध्यतामा केहि निर्णय गर्नुपरेको भन्दै प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धि निर्णयको बचाउ गरे ।
उनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्नका लागी पनि सबैपक्षलाई समेट्नुपर्ने अवस्था आएका समेत बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका दाहालले माघ ७ गतेभित्र चुनाव नभए देशमा अराजकता निम्तिने भएकाले सो अवधीमा तीन वटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने उल्लेख गरे ।