June 23, 2017

घानाको किन्टाम्पोमा रुख ढल्दा कम्तिमा २० जनाको मृत्यु

काठमाण्डौ, ७ चैत्र । घानाको किन्टाम्पोमा रहेको चर्चित झरना झर्ने ठाउँमा एउटा ठूलो रुख ढल्दा कम्तिमा पनि २० जनाको मृत्यु भएको छ ।

उक्त घटनामा परी धेरैको संख्यामा घाइते भएका छन् । मानिसहरु पौडी खेलिरहेको बेलामा आँधिबेरी आएको र त्यसपछि आपत्कालीन अवस्था सिर्जना भएको अधिकारीले बताए ।

‘जब आँधिबेरीका साथ पानी पर्न थाल्यो त्यसपछि रुख आएर मानिसहरु पौडी खेलिरहेको ठाउँमा आएर बजारियो । एक प्रत्यक्षदर्शीको भनाइलाई उद्धृत गर्दै घानाको स्टारर न्युजले जनायो ।’

मर्ने मध्ये धेरै विन्ची सिनियर हाई स्कुलका विद्यार्थी रहेका र अरु पर्यटक रहेका छन् ।