October 18, 2017

घाइतेको उपचार गर्न नमान्ने मणिपाललाई खारेजीको चेतावनी

काठमाण्डौ,११ वैशाख । आकस्मिक उपचार सेवा नदिइ फर्काउने पोखराको मणिपाल शिक्षण अस्पतालसँग स्वास्थ्य मन्त्रालयले आइतबार २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

मणिपालले मुस्ताङको  कागबेनीमा शनिबार भएको बस दुर्घटनाका घाइतेलाई आकस्मिक उपचार सेवासमेत नदिइ फर्काएको थियो । संवैधानिक तथा कानुनी दायित्व उल्लंघन गरेकाले मणिपाललाई प्रचलित कानुनबमोजिम किन खारेजीसम्मको कारबाही नगर्ने भनेर मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

नागरिकको मौलिक अधिकार स्वास्थ्य सेवाबाट बञ्चित गरेर अस्पतालले संविधानको धज्जी उडाएको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।