November 18, 2017

घर भित्र पसेको चितुवा ४ घण्टापछि नियन्त्रणमा

२६ माघ, माठमाण्डौ । काठमाडौंको कीर्तिपुर स्थित एक घरमा पसेको चितुवा झण्डै ४ घण्टापछि नियन्त्रणमा आएको छ ।

कीर्तिपुरको ढोकासी टोलमा रहेको श्रीकृष्ण महर्जनको घरमा बुधबार बिहान परेको चितुवा जिल्ला वन कार्यालय र सदर चिडियाखानाको टोलीले दिउँसो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको पोथी चितुवा बिरामी भएर वा आहाराको खोजीमा गाउँ पसेको अनुमान गरिएको छ ।

चितुवालाई लठ्याएर चिडियाखाना ल्याइएको प्राविधिक राधाकृष्ण घर्तीले बताएका छन् ।