November 18, 2017

घरजग्गा मेला भृकुटीमण्डपमा

२ फाल्गुण, काठमाण्डौ । घरजग्गा तथा सामूहिक आवास व्यवसायलाई विकास र विस्तार गर्ने लक्ष्यले काठमाडौको भृकुटीमण्डपमा घरजग्गा मेला हुने भएको छ ।

नेपाल जग्गा तथा आवास विकास संघले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी मेलाबारे जनाकारी गराएको हो । चैतको २५ देखि २८ सम्म चल्ने मेलामा भूकम्पप्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामाग्री प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएका छन् ।

मेलामा विद्युतीय सामग्री, फर्निचर, पाइप, पेन्ट्स तथा सवारी साधनको समेत प्रदर्शनी गरिने बताइएको छ । मेलाले व्यवस्थित शहरीकरणका लागि आवश्यक नीति नियम तर्जुमा गर्न सरकारलाई दवाव सृजना गर्ने अपेक्षा समेत आयोजकले लिएको छ । हालसम्म २ खर्ब ६५ अर्ब रुपैयाँ यस क्षेत्रमा लगानी भइसकेको अध्यक्ष इच्छाराज तामाङले बताएका छन् ।

वाणिज्य बैंकहरुले घर कर्जा, अटो लोन तथा मार्जिन लेण्डिङमा कर्जा प्रवाहलाई कडाइ गर्ने निर्णय हतारमा आएको उनले बताए ।