August 17, 2017

ग्रेटर नेपालले जलायो सुगौली सन्धी

काठमाण्डौ, २१ फाल्गुन । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धीको प्रति जलाएर २०१ बर्ष अघि बेलायत र नेपालबीच भुगोल सम्बन्धमा भएको सन्धीको विरोध गरेको छ ।

शनिबार काठमाण्डकाेकाे शान्तिबाटिकामा अायाेजित बिराेध कार्यक्रममा ग्रेटर नेपालले सुगाैली सन्धी जलाएकाे हाे । नेपाल र बेलायत बिच सन् १८१६ मार्च ४ तारिखका दिन मकवानपुर भ्यालीमा सुगौली सन्धीमा हस्ताक्षर भएको थियो ।

उक्त हस्ताक्षर पछि नेपालका टिस्टा र सतलज लगायतको ठूलो भूभाग तत्कालिन ब्रिटिस भारतको अधिनमा गएका थिए । उक्त सन्धीको खारेजीको माग गर्दै गुमेका भूभागहरु नेपालले फिर्ता पाउनु पर्छ भन्दै विगत दुई दशकदेखि ग्रेटर नेपालले आवाज उठाउँदै आइरहेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको नेतृत्व फणिन्द्र नेपालले गर्दै आएका छन ।