October 18, 2017

ग्रान्ड मास्टर मिगुल अब्ब्रमको बिदाइ

काठमाण्डौ, ४ वैशाख । ‘नेपाल मार्सल सेल्फ डिफेन्स संघ’ ले प्रथम अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनार सञ्चालन गर्न नेपाल आएका ग्रान्ड मास्टर मिगुल अब्ब्रमलाई बिदाइ गरेको छ ।

संघका अध्यक्ष डिवी रानापाल, महासचिव वाङजु लामा, संघकी कोषाध्यक्ष समेत रहेकी प्रमुख प्रशिक्षक सन्जु महर्जन लगायतको टोलीले अब्ब्रमलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् ।

सोलुखुम्बुको पतालेमा भएको उक्त सेमिनारमा नेपालबाट १६१, पोर्चुगलबाट १७ र भारतबाट २ गरी जम्मा १ सय ८० जनाले सहभागिता जनाएको प्रमुख प्रशिक्षक महर्जनले जनाएकी छिन् ।

वैशाख १ र २ गते भएको सेमिनार सञ्चालन गर्न प्रमुख प्रशिक्षक महर्जनले अब्ब्रमलाई सहयोग गरेकी थिइन् । त्यसअघि पूर्व मन्त्री गोकर्ण विष्ट लगायतले आईतबार आयोजित एक विशेष कार्यक्रममा अब्ब्रमलाई बिदाइ गरेका थिए ।