गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड २०१६ र २०१७ को घोषणा

काठमाण्डौ ३१ चैत्र ।  देशभरका  खाध प्रबिधीमा स्नातक तहमा अध्यनरत उत्कृष्ट विद्यार्थीहरुलाई प्रत्येक बर्ष प्रदान गरिने ” गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड ” सन २०१६ र २०१७ काे घोषणा भएकाे छ ।

गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड  २०१६” का लागि त्रिभुवन विश्वबिधालय अन्तर्गतको पदमश्री इन्टरनेशनल कलेज काठमाडौंकी सापु श्रेष्ठ र पूर्वाञ्चल विश्वबिद्यालय अन्तर्गत क्याफोडाट कलेज काठमाडौंका कन्चन सिटौलालाई प्रदान गरिने भएको छ ।

उक्त एवार्ड सन २०१७ का लागि पूर्वाञ्चल विश्वविधालय अन्तर्गत क्याफोडाट कलेज काठमाडौंकी अनु अर्याललाई प्रदान गरिने  गोबिन्द बल्लभ पन्त नेफ्सा स्मृति ट्रस्टका उपाध्यक्ष तथा खाध बैज्ञानिक हरिहर गुरागाईले जानकारी दिए |

सन २०१७ को त्रिभुवन विश्वविद्यालयको एवार्ड छिट्टै घोषणा गरिने र यि सबै एवार्डहरु अर्को महिना काठमाडौंमा एक विशेष समारोह बिच प्रदान गरिने छ | ट्रस्टका अध्यक्ष हिक्मत थापाका अनुसार गत पाँच बर्ष देखी दिइदै आएको यो पुरस्कारले नेपालका विश्वविधालयमा खाध प्रविधीमा अध्ययनरत विद्यार्थीलाई हौसला मिलिरहेको विश्वास गरिएको छ |