September 26, 2017

गोपाल हमाल विवेकशील साझा पार्टीको ७ नम्बर प्रदेशकाे संयोजक चयन

धनगढी २८ साउन । कैलालीका व्यवसायी गाेपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । धनगढीमा अाज अायोजित  भेलामा हमाल पार्टी प्रवेश गरेका हुन ।

कैलाली उद्याेग बाणिज्य संघका पूर्व अध्यक्ष तथा ‘सुन्दर सुदुरपश्चिम’का अभियन्ता हमाल हालै सम्पन्न स्थानीय चुनावमा धनगढी उपमहानगरमा स्वतन्त्र रुपमा मेयरका उम्मेदवार बनेका थिए । स्वतन्त्र उम्मेदवार रहेका हमालले विजयी उम्मेद्वार नेपाली कांग्रेसका नृप अाेडलाई कडा टक्कर दिएका थिए ।

शनिबार धनगढीमा  अायोजित  विवेकशील साझा पार्टीको भेलाले  पार्टीका सहसंयोजक रविन्द्र मिश्रकाे उपस्थतिमा हमाललाई प्रदेश नम्बर ७ को संयोजकमा चयन गरेकाे छ ।