Breaking News

गोपाल किराती, लोकेन्द्र विष्ट र अाहूतीले विप्लवसंग जनयुद्द दिवस मनाउदा प्रचण्डलाई तनाव

काठमाण्डौ १ फाल्गुन । नेकपा माअाेवादी केन्द्रले परिस डाँडामा २३ अाैं जनयुद्द दिवस मनाइरहदा उक्त पार्टीका केही सिनियर नेताहरु भने विप्लव नेतृत्वकाे कार्यक्रममा गए पछि प्रचण्डलाई तनाव भएकाे छ ।

विप्लव नेतृत्वकाे नेकपाले अाज राष्ट्रिय सभा गृहमा २३ अाै जनयुद्द दिवस मनाइरहेकाे छ । अाफ्ना केही नेता तथा कार्यकर्ताहरु पेरिस डाँडाकाे कार्यक्रममा सहभागि नभई विप्लव नेतृत्वकाे कार्यक्रममा पुगेकाेमा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लवकाे चर्को अालोचना गरेका छन ।

प्रचण्डले पेरिस डाँडामा सम्वोधन गर्दै विप्लव र बैद्यलाई एउटै कम्यूनिष्ट केन्द्रमा सहभागि हुन अाग्रह गरेका छन ।  रहरले क्रान्ति नहुने र क्रान्तिकाे दिवास्वप्नबाट ब्यूझिन दुबै नेतालाई सुझाव समेत दिएका छन । यता विप्लव र बैद्य नेतृत्वका दुबै पार्टीबीच केही दिनमा पार्टी एकता हुने बताइएकाे छ । दुबै पार्टीले अाज सयुक्त रुपमा २३ अाै जनयुद्द दिवस मनाएका छन ।

राष्ट्रिय सभा गृहमा माअाेवादी केन्द्रका नेता लोकेन्द्र विष्ट मगर, गोपाल किराती, विश्वभक्त दुलाल ‘अाहूती’ लगायतका नेता तथा कार्यकताहरु एक्कासी देखा पर्दा सभाहलमा उपस्थित नेकपाका नेता तथा कार्यकर्ताहरु अाश्चर्यमा परेका थिए ।

यी तिनै जना नेताहरु केही समय देखि नेकपा माअाेवादी केन्द्रसंग असन्तृष्ट रहदै अाएका छन ।

 

shares