October 23, 2017

गेल टि–२० मा १० हजार रन नजिक, अरुको कति ?

काठमाण्डौ, २० चैत्र । आइपिएलको पहिलो खेलमा नै वेस्ट इन्डिजका विस्फोटक क्रिकेटर क्रिस गेलले वल्र्ड रेकर्ड बनाउन सक्छन् ।

गेलले आफ्नो टि–२० करियरको सबै खेलमा बनाएको रन ९ हजार ९ सय ३७ भएको छ । उनी १० हजार रनबाट केवल ६३ रनले मात्र टाढा छन् । गेल आइपिएलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्सबाट खेल्छन् । अप्रिल ८ मा हुने आफ्नो पहिलो खेलमा क्रिस गेलले वल्र्ड रेकर्ड बनाउन सक्छन् । यो आँकडमा टि–२० का सबै प्रकृतिका खेल सामिल छन् ।

टि–२० मा धेरै रन बनाउने अरु ९ खेलाडीहरु–

ब्रेन्डन म्याकलम–
न्युजल्याण्डका विस्फोटक खेलाडी ब्रेन्डमले अहिलेसम्म टि–२० मा ७ हजार ३ सय ७१ रन बनाएका छन् । उनले सबै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिइसकेका छन् ।

ब्रैड हज–
पूर्व अष्ट्रलियाका ब्याट्सम्यानले टि–२० मा ७ हजार ३ सय ३८ रन बनाएका छन् । उनले ब्रेन्डनलाई पछ्याइरहेका छन् ।

डेविड वार्नर–
अष्ट्रेलिया ओपनर ब्याट्सम्यान डेविड वार्नर टि–२० मा धेरै रन बनाउनेको चौथो स्थानमा छन् । उनले ६ हजार ९ सय २१ रन बनाएका छन् ।

कायरन पोलार्ड–
वेस्ट इण्डिजका अलराउण्डर कायरन पोलार्डले पनि टि–२० मा ६ हजार ९ सय २० रन बनाइसकेका छन् ।

शोएब मलिक–
पाकिस्तानी मध्यक्रमका ब्याट्सम्यान शोएब मलिकले पनि अहिलेसम्म टि–२० खेलमा ६ हजार ८ सय ९८ रन बनाएका छन् ।

ड्वेन स्मिथ–
टि–२० मा धेरै रन बनाउनेको सूचिमा फेरी वेस्ट इन्डिजका अर्का ब्याट्सम्यान ड्वेन स्मिथ छन् । उनले पनि ६ हजार ६ सय ८२ रन बनाइसकेका छन् ।

विराट कोहली–
भारतका वान डे र टेस्टका कप्तान विराट कोहली यो सूचिको आठौं स्थानमा परेका छन् । उनको टि–२० मा ६ हजार ५ सय १३ रन बनाएका छन् ।

सुरेश रैना–
यो सूचिको नवौं स्थानमा फेरी भारतीय ब्याट्सम्यान सुरेश रैना परेका छन् । उनको टि–२० मा ६ हजार ४ सय ३० रन छ ।

ल्युक राइट–
यो सूचिको दशौं स्थानमा ल्युक राइट परेका छन् । उनको खातामा ६ हजार २ सय ९६ रन छ ।