June 26, 2017

गृहराज्यमन्त्रीमा इन्द्र बानिया नियुक्त

काठमाण्डौ, ३० फाल्गुन । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा राज्यमन्त्री रहेका ईन्द्र बानिया गृहराज्य मन्त्रालयमा सरेका छन् ।

पर्यटन मन्त्रालयको जिम्मेवारी कांग्रेसबाट राप्रपामा सरेपछि बानियाँलाई गृहराज्यमन्त्री बनाइएको हो ।

गृहमन्त्री विमलेन्द्र निधीले भारत भ्रमणमा जानुपूर्व प्रधानमन्त्रीलाई भेट्न बानियाँलाई गृहराज्यमन्त्री बनाउने कांग्रेसको निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी दिएका थिए । उनी मकवानपुर क्षेत्र नं. १ का सांसद हुन् ।

उनले गृहमन्त्रीको तीन दिने भारत भ्रमणका क्रममा कार्यवाहक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन् ।