गृहमन्त्रीको संसदलाई जवाफ, सप्तरी घटनामा प्रहरीले बाध्य भएको गोली चलाएको हो

काठमाण्डौ, २७ फाल्गुन । गृहमन्त्री विमलेन्द्र निधिले प्रहरी बाध्य भएर सप्तरीको राजविराज गाली चलाएको संसदमा जवाफ दिएका छन् ।

नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजमा फाल्गुन २३ गते सोमबार भएको गालीकाण्ड प्रहारीले बाध्य भएर गोली लाएको गृहमन्त्रीले संसदमा जवाफ दिएका छन् ।

विरोधमा उत्रिएको जुलुसले कार्यक्रमस्थलको २ सय मिटर नजिक आएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय सुरक्षा अधिकारीले स्थानीय सुरक्षा ऐन बमोजिम घुँडामुनी गोली चलाउन दिएको आदेशमा एक को घटनास्थलमा र तीन जनाको उपचारका क्रममा निधन भएको बताए ।

निधन भएका व्यक्तिका परिवारलाई सरकारले १० लाख प्रति परिवार क्षतिपूर्ति दिने निर्णय गरेको बताए ।

सरकारले कार्यक्रमस्थल भन्दा टाढै रोक्न कोशिश गर्दा गर्दै विरोधमा उत्रेका आन्दोलनकारीले आक्रमक हुँदै घरेलु हतियार प्रयोग गरी ४८ जना सुरक्षाकर्मीलाई घाइते बनाएको बताए ।

नेपाल प्रहरीका ३१ र सशस्त्र प्रहरीका १७ जना सुरक्षाकर्मी घाइते भएका गृह मन्त्रीले बताएका छन् । तत्काल सुरक्षाकर्मीले सबै उपाय अबलम्बन गर्दा पनि सुरक्षा घेरा तोडी कार्यक्रमस्थलमा प्रवेश गर्नसक्ने र त्यसले थप स्थिति तनावपूर्ण हुने अवस्था भएको कारण सुरक्षाकर्मीले गोली चलाएको बताए ।

अहिले अरू घाइते उपचारपछि घर फर्के पनि ६ जना धरानमा उपचाररत रहेको गृहमन्त्रीले बताए ।

एमालेको मेची–महाकाली अभियानमा सरकारले सुरक्षा व्यवस्था गर्दागर्दै पनि दुःखद घटना भएकोमा छानवीन समितिले प्रतिवेदन सरकारलाई बुझाउने  सदनमा जानकारी गराए ।