October 19, 2017

गृहमन्त्रीको राजिनामा माग

काठमाण्डौ, २८ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा उपप्रधानमन्त्री तथा गृह मन्त्री विमलेन्द्र निधिको राजिनामा माग गरेका छन् ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा एमाले सांसद रेवतीरमण भण्डारीले गृहमन्त्रीको राजिनामा माग गरेका हुन । उनले वरियता विवादले २० दिनसम्म मन्त्रिपरिषद बैठक बस्न नसकेको प्रसंग जोड्दै मन्त्रिपरिषद बैठकमा नजाने गृह मन्त्री पदमा बसिरहनुको अर्थ नभएको बताए । मन्त्रिपरिषद् बैठकमा जान्न भन्नु गृहमन्त्रीको नालायकीपन भन्दै सांसद भण्डारीले पदमा बस्न नसुहाउने उनको भनाई छ ।

बैठकमा सप्तरीका सांसद सत्यनारायण मण्डलले तराईमा मधेसी मोर्चाका कार्यकर्ताहरुले गुण्डागर्दी गरेको आरोप लाएका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनाव आउन एक महिना बाँकी भएको अवस्थामा सांसदहरु पनि चुनाव प्रचारमा जानुपर्ने भएपनि विना एजेन्डाको बैठक राखेर अलमल्याइएको आरोप लगाएका छन् ।

बैठकमा विशेष समय लिएर बालेका सांसदहरुले सदनमा उठेका विषयको सरकारले सुनुवाई नगरेको, वरियता विवादले बस्न नसकेको मन्त्रीपरिषद्को बैठक, प्रहरी प्रशासनको प्रमुख नियुक्तिमा भएको ढिलाई लगायत विषयमा सरकारको आलोचना गरेका थिए ।