October 20, 2017

गृहमन्त्रीको यस्तो अभिव्यक्ति ‌: अन्योलमा निर्वाचन

काठमाण्डौ,५ वैशाख । स्थानीय तह निर्वाचनको सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्ने गृहमन्त्री विमलेन्द्र निधिका अभिव्यक्तिले स्थानीय तहको निर्वाचनलाई अन्योल बनाएको छ ।

निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट देखिदै आएका निधिले निरन्तर रुपमा दिइरहेका अभिव्यक्तिका कारण निर्वाचनबारे अन्योल बढाउँदै लगेको हो । आइतबार मध्यरातमा गरेको ट्विटपछि गृहमन्त्री निधिको नेतृत्वमा शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन हुने आशंका पनि थपिँदै गएको छ ।

यसैबीच, निधिले उक्त ट्विट विवादमा परेपछि सोमबार विज्ञप्ति निकालेर आफ्नो भनाइ सच्याएका छन् ।

निधीले अंग्रेजी भाषामा गरिएको ट्विटको मूल आशय ‘आन्दोलनरत मधेसी मोर्चासँग वार्ताको माध्यमबाट निर्वाचनको वातावरण बनाउन आवश्यक छ भन्ने रहेको प्रस्ट्याएका छन ।यो खबर आजको नागरिक दैनिकमा छ ।