June 24, 2017

गुल्मीमा मगंलबारदेखि स्थानीय तहको काम सुरु

गुल्मी, १ चैत्र । स्थानीय तह पुनर्संरचना अनुसार गुल्मीमा पनि मगंलबारबाट प्रशासनिक काम सुरु भएको छ ।

स्थानीय तह पुनर्संरचना अनुसार कर्मचारीहरुको व्यवस्थापन भएसँगै जिल्लामा स्थानीय तह पुनर्संरचना अनुसार काम सुरु भएको हो ।

स्थानीय तह कार्यान्वयन भएसँगै जिल्ला विकास समिति गुल्मी अब जिल्ला समन्वय समितिमा रुपान्तरण भएको छ भने विभिन्न गाविसहरु नगरपालिकामा र गाउँपालिकामा रुपान्तरण भएका छन् ।

स्थानीय तह पुनर्संरचना आयोगका अनुसार गुल्मी जिल्लामा २ नगरपालिका सहित १० गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकिएको छ ।

जिल्ला समन्वयन समितिका शकंर प्रसाद गौतमका अनुसार नगरपालिका र गाउँपालिकामा केही दिनभित्रै प्रमुख नै आउने भएका छन् ।

मगंलबार जिल्लाका सबै नगरपालिका र गाउँ पालिकामा साईनबोर्ड राख्ने तथा छाप, लेटर प्याड बनाउने काम सकिएको र नयाँ सरचंनामै काम भएको मुसिकोट धुर्कोट गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत डिल्लीराज आचार्यले बताए ।