October 17, 2017

गुल्मीको रेसुङ्गा क्षेत्रमा भिषण आगलागी

शिवलाल सुवेदी
गुल्मी २१ फागुन, गुल्मीको रेसुङ्गा क्षेत्रमा भिषण आगलागी भएको छ ।

सदरमुकाम तम्घासको देउराली नजिकैबाट शुरु भएको आगलागी नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार हावाहुरी चलिरहेकाले पनि आगो नियन्त्रण बाहिर रहेको बताइएको छ ।

आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली , शसस्त्र प्रहरी बल गुल्म गुल्मीको टोली , नेपाली सेना र स्थानीयवासीहरुले प्रयास गरिरहेका छन ।